Pages

Thursday, 5 March 2015

छैठो दिन : समय स्पेनिश भाषामा

Leccion 6.
आज छैठो लेसिओनमा हामी समयलाइ स्पेनिशमा कसरी भनिन्छ भन्ने बारेमा पढ्नेछौ तपाइलाइ कसैले समय कति भयो भनेर सोध्यो भने स्पेनिशमा कसरि भन्नु हुन्छ  
तल दिइएको
¿Qué hora es?
के ओरा एस?
कति बज्यो?


     स्पेनिश भाषामा समय भन्नुपर्दा यदि बजेको भने ''Es la una'' एस ला उना भनिन्छ किनभने 'उना' अर्थात एक ले एउटामात्र सिङ्गुलर सब्दलाइ जनाउदछ यदि देखि १२ सम्मको समय भने धेरैलाइ जनाउछ अर्थात यो प्लुरल हुन आउछ बजेको भने स्पेनिशमा ''Son las dos'' सोन लास दोस भनिन्छ

स्पेनिश भाषामा समय धेरै तरिकाबाट भन्न सकिन्छ जुन तल दिइएको ,


Es la una y quience.
यस ला उना किन्से
समय एक बजेर पन्ध्र मिनेट गयो

    माथि समय भन्नुपर्दा एक मात्र बजेको भएर ''La una'' ला उना प्रयोग गरिएको हो एक भनेको सिन्गुलर भएकोले ''La una'' ला उना प्रयोग गरिएको हो स्पेनिशमा  'Y' वाइ को अर्थ नेपालीमा '' हुन्छ यदि समय मात्र बजेको भए ''Es la una'' एस ला उना मात्र हुन्थ्यो यदि समय दुइ वा तिन बजेको भने सोन लास हुन्छ किनभने दुइ वा तिन ले प्लुरल सब्दलाइ जनाउदछ । र अर्को कुरा  समय स्पेनिश भाषामा फेमेनिनो अर्थात स्त्रीलिङ्ग भएकोले समएको अगाडि '' La singular'' ला सिङ्गुलर र ''las plural'' लास प्लुरल को प्रयोग गरिएको हो।





Son las diez y diez.
सोन लास दिएस दिएस
समय दश बजेर दश मिनेट गयो

मथिको समय जनाउदा ''Son las diez y diez'' सोन लास दिएस दिएस भनिएको ''Son las'' सोन लास को प्रयोग घडिमा एक भन्दा बढि बजेको भने गरिन्छ


२. अर्को तरिकाबाट पनि समय भन्न सकिन्छ तल हेरौ,


son las dos y cuarto
सोन लास दोस कुवार्तो
समय वा दुइ भयो

  मथिको घडिमा दुइ बजेर पन्ध्र मिनेट गएको एसलाइ भन्नुपर्दा ''son las dos y cuarto'' सोन लास दोस कुआर्तो भनिएको ''cuarto'' कुआर्तोको अर्थ चौथौ हो नेपालीमा हामी यो समयलाइ भन्दा सबा दुइ बज्यो भन्छौ यसलाइ पहिलो तरिकाबाट सोन लास दोस किन्से पनि भन्न सकिन्छ तर यसको अर्थ दुइ बजेर पन्ध्र मिनेट गयो हुन्छ



es la una y media
एस ला उना मेदिया
समय साढे एक भयो

   माथिको घडिमा एक बजेर तिस मिनेट गएको यसलाइ नेपालीमा भन्नुपर्दा साढे एक बज्यो भनिन्छ किनभने ''media'' मेदियाको अर्थ आधा हुन्छ



Son las diez y menos cuarto/quince
सोन लास दिएस मेनोस कुवार्तो/किन्से
समय पौने दस बजेको

  
   माथिको समय भन्दा ''Son las nueve y ochenta y cinco'' सोन लास नुवेभे ओचेन्ता सिन्को पनि भन्न सकिन्थ्यो तर सोन लास दिएस मेनोस कुवार्तो भनिएको दुबै सहि हो नेपालीमा हामीले भन्दा नौ बजेर पैतालिस मिनेट गएको भन्दा ''Son las nueve y ochenta y cinco'' सोन लास नुवेभे ओचेन्ता सिन्को हुन्छ पौने दश बजेको भन्दा ''Son las diez y menos cuarto'' सोन लास दिएस मेनोस कुवार्तो भनिन्छ माथिको समयमा दश बज्न पन्ध्र मिनेट बाकि छ ।  पन्ध्र मिनेटलाइ जनाउनको लगि कुवार्तो अथवा किन्से दुबै प्रयोग गर्न सकिन्छ यदि दश बज्न दश मिनेट बाकि भएको भए ''Son las diez y menos diez'' सोन लास दिएस मेनोस दिएस भनिन्थ्यो


३. स्पेनिशमा अर्को तरिकाबाट पनि समय भन्न सकिन्छ यदि समय भन्दा बिहानको, दिउसोको वा बेलुकाको भनेर जनाउनको लागि तल हेरौ
de la manána
दे ला मान्याना
बिहानको समय
de la tarde
दे ला तार्दे
दिउसोको समय
de la noche
दे ला नोचे
रात्रीको समय



हामीले समय भन्दा समयको पछाडि ''de la manána'' दे ला मान्याना राखेउ भने बिहानिको समय लाइ जनाउछ ''de la tarde'' दे ला तार्दे राखेउ भने दिउसोको समय अर्थात १२ बजे पछिको समएलाइ जनाउछ त्यस्तै ''de la noche'' दे ला नोचे भनेउ भने रातिको समयलाइ जनाउछ तल उदाहरण हेरौ,


Son las siete de la manána
सोन लास सिएते दे ला मान्याना
बिहानको सात बज्यो


    मथिको घडिमा बिहानको सात बजेको त्यसैले हामीले भन्नु पर्दा ''Son las siete de la manána'' सोन लास सिएते दे ला मान्याना भन्न सकिन्छ मान्यानाको अर्थ बिहान हुन्छ यदि त्यस्तै आठ बजेको भए ''Son las ocho de la manána'' सोन लास ओचो दे ला मान्याना हन्थ्यो


Son las cuatro de la tarde
सोन लास कुआत्रो दे ला तार्दे 
दिउसोको चार बज्यो


माथिको समय मा दिउसोको चार बजेको हामीले भन्नु पर्दा ''Son las cuatro de la tarde'' सोन लास कुआत्रो दे ला तार्दे भन्न सक्छौ





Son las siete de la noche
सोन लास सिएते दे ला नोचे
राति वा बेलुकाको सात बज्यो

  

माथिको घडिमा बेलुकाको सात बजेको हामीले नेपालीमा बेलुकाको सात बजेको भन्छौ स्पेशिमा ''Son las siete de la noche'' सोन लास सिएते दे ला नोचे भनिन्छ


तपाइको केहि जिज्ञासा भएमा तल कमेन्ट गर्नुहोला !

No comments:

Post a Comment