यदि कसैको उमेर सोध्नुछभने स्पेनिश भाषामा कआुन्तोस आन्योस तिएनेस
''Cuantos años tienes?'' भनेर सोधिन्छ । कुआन्तो
'Cuanto' भनेको कति हो र आन्यो 'años' को अर्थ बर्ष हुन्छ र तिएनेस्
'Tienes' को अर्थ तिमी छौ वा हौ भन्ने बुझिन्छ । स्पेनिश भाषामा कसैको उमेर सोध्दा इरेगुलर भर्ब तेनेरको प्रयोग गरिन्छ । तेनेरको 'tener' अर्थ हुनु, आफुसँग कुनै चिज हुनु हो ।
यहाँ तलको चार्ट हेरौ ।
Tengo
तेङ्गो
|
मसँग छ
|
Tienes
तिएनेस
|
तिमीसँ छ
|
Tiene
तिएने
|
उसँग छ
|
Tenemos
तेनेमोस
|
हामीसँग छ
|
Tenéis
तेनेइस
|
तिमीहरुसँग छ
|
Tienen
तिएनेन
|
उनिहरुसँग छ
|
Cuantos años tienes?
कुआन्तोस आन्योस तिएनेस् ?
तिमी कति बर्षको भयौ ?
- तेस्रो ब्यत्तिको उमेर सोध्दा,
Cuantos años tiene?
कुआन्तोस् आन्योस तिएने ?
उसको उमेर कति हो ?
४० प्रतिशत यो साइट पढ्नेहरुले तल कमेन्ट गर्दै आएका छन्
No comments:
Post a Comment